|
वीर बलभद्र मावि, नवदुर्गा कोटेलीको छाना हुरीले उडाएपछि

डडेल्धुरा : हावाहुरीले डडेल्धुराका आधा दर्जन विद्यालय भवनका छाना उडाउँदा  ७ लाख बराबरको क्षति भएको छ।  केही दिनअघि साँझपख वर्षासँगै आएको हावाहुरीले जिल्लामा रहेका आधा दर्जन भन्दा बढी विद्यालयका छाना उडाएको जिल्ला शिक्षा अधिकारी वसन्त कुमार खत्रीले बताए।

उनका अनुसार हुरीले रुपालमा रहेको असिग्राम मावि, अमरगढी नगरपालिका ११ मा रहेको असिग्राम आधारभूत विद्यायलको पनि छानो उडाएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका कोटेलीमा रहेको वीरबलभद्र मावि, सहश्रलिङ मावि अजयमेरु चमडा र भैरव आधारभूत विद्यालय सुनकोटको पनि छानो उडाएको जिल्ला शिक्षा अधिकारी खत्रीले  बताए।

सबैभन्दा बढी क्षति सहश्रलिङ मावि चमडा, असिग्राम मावि रुपाल र वीरबलभद्र मावि कोटेलीमा भएको उनले बताए। यी विद्यालयहरुमा करिब २ लाख ५० हजार बराबरको क्षति भएको खत्रीको भनाइ छ। उनले हावाहुरीका कारण विद्यालय क्षतिग्रस्त भएपछि पठन-पाठनमा समस्या सिर्जना भएको बताए।

जिल्लाका अरु विद्यालयका पनि हावाहरीले छाना उडाएको हुँदा यही जेठ १० गते भित्र आफ्नो विद्यालयको क्षतिको विवरण जिल्ला शिक्षा कार्यालयमा स्रोत व्यक्ति मार्फत पेश गर्न सम्बन्धित विद्यालयलाई सूचित गराएका उनले बताएका छन्।

‘हावाहुरीले क्षति गरेका विद्यालयलाई राहात दिनको लागि जिल्ला शिक्षा कार्यालयसँग केही पनि राहत सामाग्री छैन’ जिल्ला शिक्षा अधिकारी खत्रीले भने– ‘जेठ १० गते बस्ने जिल्ला दैवीप्रकोप उद्धार समितिमा क्षतिको विवरण पेश गर्छौ,’ दैवीप्रकोप उद्धार समितिको सिफारिस क्षेत्रीय शिक्षा निर्देशनालयमा पठाउने र सम्बन्धीत विद्यालयले केही राहात पाउने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.