|

दाङ : अस्थायी करारमा राख्नुपर्ने माग गर्दै महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा कार्यरत आंशिक प्राध्यापकहरुले सोमबार पनि आन्दोलन गरेका छन्। उनीहरुले आईतबारबाट आन्दोलन थालेका हुन्। आईतबार काठमाडौंमा त्रिभुवन विश्‍वविद्यालयका कुलपतिको निवास अर्थात प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन पुगेका आंशिक प्राध्यापकहरुमाथि प्रहरीले धरपकड गरी लाठी चार्ज गरेको थियो।

त्रिभुवन विश्वविद्यालयले लामो समयदेखि आफूहरुलाई अस्थायी दरबन्दीमा नराखी ज्यालादारीमा राखेका कारण आन्दोलन गर्नुपरेको आंशिक प्राध्यापक संघर्ष समिति महेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष बालकृष्ण डाँगीले जानकारी दिए। उनीहरुले दोस्रो दिन पनि पढाई रोकेर आन्दोलनलाई निरन्तरता दिएका हुन्।

आफूहरुको माग पुरा नभएसम्म आन्दोलन जारी रहने डाँगीले बताए। दरवन्दी सिर्जना गरी क्रमश: अस्थायी करारमा लैजाने सहमति सरकारले १० वर्षअघि नै गरेपनि त्यसको कार्यान्वयन हुन नसकेको आन्दोलनरत प्राध्यापकहरुको गुनासो छ। महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङमा मात्रै ३० जना प्राध्यापक दैनिक ज्यालादारीमा कार्यरत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.