|

लहान : सिरहाको पूर्वी र पश्चिमी भेगका दुई ठाउँमा सोमबार करेन्ट लागेर दुई बालकको मृत्यु भएको छ। लहान नगरपलिका २४ गोविन्दपुरमा सोमबार करेन्ट लागेर घाइते भएका एक बालकको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय हरेराम महतोका ३ वर्षीय छोरा कुमार महतो सोमबार दिउँसो २ बजेतिर आँगनमा रहेको हातेकलमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटरमा छोएपछि करेन्ट लागेर घाइते भएका थिए।

त्यस्तै, सिरहाको कल्याणपुर नगरपलिका ६ मा सोमबार करेन्ट लागेर अर्का ५ वर्षीय बालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख प्रहरी नायब निरीक्षक बैजुकुमार योगीका अनुसार स्थानीय विनोद महराका छोरा दिपक महराको मृत्यु भएको हो।

उनी विद्युतीय पङ्खा जोडेको नाङ्गो तारबाट करेन्ट लागेर घाइते भएका थिए। करेन्ट लागेर गम्भिर घाइते भएका बालकलाई उपचारका लागि सिरहा लैजादैं गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.