|
फाइल फोटो

काठमाडौं : काठमाडौं महानगरपालिकामा एक लाख मत गणना हुँदा नगर प्रमुखका नेकपा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले झण्डै १० हजार मतल् अग्रता लिएका छन्। सोमबार राति नौ बजे सार्वजनिक मत परिणाममा शाक्यले ३३ हजार ३ सय ९५ मत पाउँदा नेपाली कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार राजुराज जोशीले जम्मा २३ हजार ९ सय ३४ मत पाएका छन्।

त्यस्तै विवेकशील नेपालीकी उम्मेदवार रञ्जु दर्शनाले १२८३३ मत र साझा पार्टीका उम्मेदवार किशोर थापाले ९ हजार ७ सय ७ मत पाएका छन्। पाँचौ स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तममान डंगोलले जम्मा ३  हजार ६ सय ९५ मत ल्याएका छन्।

उपप्रमुखमा भने नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गीले १२ हजार मतले अग्रता लिएकी छन्। उनले ३० हजार ९९० मत ल्याउँदा नेकपा एमालेको सम्त समर्थन पाएका राप्रपा उम्मेदवार राजाराम श्रेष्ठले १८६६९ मत मात्र ल्याएका छन्। साझा पार्टीबाट उपप्रमुखकी उम्मेदवार बनेकी निरुपमा यादवले ६ हजार २ सय ५८ मत ल्याएकी छन् भने माओवादी केन्द्रकी उम्मेदवार सुशीला पौडेलले ४ हजार ९ सय २८ मत ल्याएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.