|

काठमाडौं : संचारकर्मी सुरज पौडेलको स्वर रहेको गीत 'ठुम्काले'को भिडियो रिलिज भएको छ। यस गीतको शब्द पौडेल आफैंले लेखेका हुन्। गीतमा भिषण राइले संगीत भरेका छन्। 

चितवन र नवलपरासीमा छायांकन गरिएको उक्त गीतको भिडियो आइतबार युट्युब मार्फत सार्वजनिक गरिएको हो।भिडियोलाई अर्का संचारकर्मी कुमार आचार्यले निर्देशन गरेका हुन्। उनको यो पहिले निर्देशन हो। भिडियोमा रन्जु शर्मा र मन्डीबाबुको अभिनय छ।

भिडियोको करियोग्राफी जगत रामचन्द्र रेग्मीले गरेका हुन्। रवि कोइरालाले खिचेको भिडियोलाई रविन्द्र खड्काले सम्पादन गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.