|
प्रतीकात्मक तस्विर

नवलपरासी : कावासोती–१६ डण्डा की १५ वर्षीया रविना अर्यालको मृत्युको कारण थप रहस्यमय बनेको छ। रविनाले आत्महत्या गरेको परिवारको दाबी छ तर स्थानीय बासिन्दा भने हत्या भएको बताउँछन्।

किशोरी रविना गत बुधबार आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। उनको नाकबाट रगत बगेको, अनुहारमा चोटसमेत देखिएकाले आत्महत्या नभई बाबु तुलसी अर्याल र सौतेनीआमाले हत्या गरेर झुण्ड्याएको आरोप स्थानीय बासिन्दाले लगाएका छन्।

स्थानीय सो घटनाबारे प्रहरीसँग निष्पक्ष छानबिनको माग राख्दै आन्दोलनमा उत्रिएका छन्। निष्पक्ष छानबिन नभए कडा आन्दोलनमा जाने चेतावनी समेत स्थानीयले दिएका छन् ।

घटना शङ्कास्पद रहेको र प्राथमिक स्वास्थ्य केन्द्र चोरमारा तथा दुम्कौली दुवैले परीक्षण गर्न नमानेपछि शवलाई भरतपुर अस्पताल लगेर परीक्षण गरिएको आन्दोलनमा सहभागी डण्डाकी शर्मिला गिरीले बताइन्। रविनाको अन्त्येष्टि शुक्रबार नै  गरिएको थियो।

प्रहरीले मृतकका बाबु र सौतेनी आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.