|
फाइल तस्विर

लहान : सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हास्थित कमला नदीको पूर्वी तटबन्धमा बाँध निर्माण गर्न खटिएका मजदुरले खाना पकाउने क्रममा सोमबार साँझ एलपी ग्यास 'लिक' हुँदा आगलागी भएको छ।

आगलागीमा एक थान जेनेटर, ढलानका लागि राखिएको सय थान प्लाइ, सिङ्गिवाटर पुल तीन थान, जस्ता पाता, तीन मोबाइल, एक साइकलसहित मजदूरहरूले खाना पकाउने  भाँडावर्तन र त्रिपाल जलेर नष्ट भएको प्रहरी चौकी बेलहाले जनाएको छ।

आगलागीको समयमा भएकाले मजदुरहरू बाहिर रहेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। बेलहाबाट खटिएका प्रहरी र स्थानीय बासिन्दाले अागो नियन्त्रणमा लिएका थिए। अागलागीमा करिब २३ लाख रुपैयाँ बराबरको सामान जलेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.