|

काठमाडौं : आइतबार रनति ठमेल नजिकै गल्कोपाखामा भएको सडक दुर्घटनामा नौ वर्षका दीपेश विकको मृत्यु भएको छ। नुवाकोट शिवपुर गाउँपालिका-२ स्थायी घर भई हाल कपुरधारा बस्दै आएका विकलाई बा २ ज २३४५ नं को ट्याक्सीले राति करिब ८ बजे ठक्कर दिँदा उनी गम्भीर घाइते भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनामा संलग्न सवारीसाधनलाई महानगरीय प्रहरी वृत्त, लैनचौरले नियन्त्रणमा लिई चालकलाई पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.