|

  •  अनिल खत्री-

गुल्मी : पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको ३१ जेठमा हुने निर्वाचनका निम्ति गुल्मीमा पनि चुनावी सरगर्मी सुरु भएको छ। स्थानीय तह निर्वाचनका निम्ति माओवादी केन्द्र गुल्मीले नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुख उम्मेदबारहरु छनोट गरेको छ।

माओवादी केन्द्र गुल्मीले जिल्लाका दुई नगरमध्ये रेसुङ्गा नगरपालिका प्रमुखमा धर्म विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ,भने मुसिकोट नगरपालिका प्रमुखमा खुमबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्र गुल्मीका जिल्ला अध्यक्ष वीरबहादुर कार्कीले जानकारी दिए।

यतिबेला गुल्मीमा रहेका २ नगरपालिका र १० गाउँपालिकासहित ९३ वडाको लागि विभिन्न पार्टीभित्र उम्मेदवार कसलाई बनाउने भन्नेबारे चर्चा चल्न थालेको छ। उम्मेदवार छान्नका निम्ति पार्टीका बैठक छलफलहरु दिनहुँजसो भइरहेको छन्। कतिपय दलहरुले केही उम्मेदवारहरु छनोट गरेका छन् भने केही छलफलमा व्यस्त रहेका छन्।

जिल्लामा रहेका १० गाउँमालिकाहरुमा इस्मा गाउँपालिकामा प्रमुखमा बिमला थापा,  उपप्रमुखमा दुर्गा बोहरा उम्मेदवार बनाएको छ। त्यस्तै मादाने गाउँपालिका प्रमुखमा बेगमचन्द बोहरा, धुर्कोट गाउँपालिका प्रमुखमा भुपाल पोखरेललाई उम्मेदवार बनाएको छ।

 त्यस्तै, गुल्मी दरवार गाउँपालिकाको प्रमुखमा सीता पाण्डेय,उपप्रमुखमा मनिराम ज्ञवाली, छत्रकोट गाउँपालिका प्रमुखमा रामप्रसाद पाण्डेय, रुरु गाउँपालिका प्रमुखमा यदुज्ञवाली उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष कार्कीले जानकारी दिए। चन्द्रकोट गाउँपालिकाको प्रमुखमा युवराज केसी, सत्यवती गाउँपालिकामा पूर्णबहादुर राना, कालिगण्डकी गाउँपालिका प्रमुख ओमप्रकाश न्यौपानेलाई बनाउने निर्णय भएको पार्टीले जनाएको छ।

पार्टीले आकांक्षी बढी भएपछि गाउँपालिका प्रमुखमा उम्मेदवार टुंग्याएको छैन। केही गाउँपालिका उपप्रमुखहरु टुंग्याए पनि केही उम्मेदवार टुङ्गो लागीनसकेको माओवादी केन्द्र गुल्मीले जनाएको छ। उपप्रमुखसहित वडा अध्यक्ष छनोटका लागि पार्टीभित्र छलफल जारी रहेको बताइएको छ।

कसैसँग चुनावी तालमेल हुँदैन

माओवादी केन्द्र गुल्मीले केही दिनअघि एमालेसँग चुनावी तालमेल गर्ने सहमति भएको थियो। उक्त सहमति बीचैमा भाँडिएपछि कुनै पनि पार्टीसँग तालमेल नगर्ने जनाएको छ। एमालेसँग भएको तालमेल कार्यन्वयन हुन सकेन माओवादी केन्द्र गुल्मीका अध्यक्ष वीरबहादुर कार्कीले भने, ‘अब कसैसँग चुनावी तालमेल हुँदैन हामीले पनि उम्मेदवार छानी सक्यांै चुनाव एक्लै लडिन्छ।’

कांग्रेसमा छलफल जारी

नेपाली कांग्रेस गुल्मीले पनि उम्मेदवार छान्न छलफल जारी रहेको जनाएको छ। सबै नगर गाउँपालिकासहित वडाहरुको उम्मेदवार छान्न अन्तिम प्रयास भइरहेको कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए।

एमाले गुल्मीबाट को-को छन् उम्मेदवारहरु

 पार्टी भित्रको विभिन्न क्रियाशिलता, योगदान र सम्बन्धित नगर–गाउँपालिकाहरुमा जित्ने आधार भएकालाई उम्मेदवार बनाउने निर्णण भएको नेकपा एमाले गुल्मीका सचिवालय सदस्य जंग नेपालीले जानकारी दिए। एमाले गुल्मीले दुई नगरमध्ये रेसुङ्गा नगरपालिका प्रमुख पदमा डिल्लीराज भुसाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ,भने मुसिकोट नगरपालिका प्रमुखमा सोमनाथ सापकोटा र उपप्रमुखमा कमला शर्मालाई नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीले जनाएको छ।

जिल्लामा रहेका १० गाउँमालिकाहरुमा इस्मा गाउँपालिकामा प्रमुखमा लक्ष्मण विष्ट र उपप्रमुखमा विमला केसीलाई उम्मेदवार बनाएको छ। त्यस्तै, मालिका गाउँपालिकामा प्रमुखमा रितबहादुर थापा निर्णय गरेको छ। त्यस्तै मादाने गाउँपालिका प्रमुखमा दानबहादुर केसी उपप्रमुखमा सरिता खड्का, धुर्कोट गाउँपालिका प्रमुखमा कृष्ण घिमिरे उपप्रमुखमा रिता थापालाई उम्मेदवार बनाएको छ।

त्यस्तै दवार गाउँपालिकाको प्रमुखमा कृाष्ण भुसाल उपप्रमुखमा सुशीला पुन, छत्रकोट गाउँपालिका प्रमुखमा मधुकृष्ण पन्त उपप्रमुखमा नर्मदा भण्डारी, रुरु गाउँपालिका प्रमुखमा नीलकण्ठ गौतम उपप्रमुखमा र लक्ष्मी पन्तलााई उम्मेदवार बनाउने निर्णय गरेको छ। चन्द्रकोट गाउँपालिकाको प्रमुखमा मिमलाल श्रेष्ठ उपप्रमुखमा राधिका अर्याल, सत्यवती गाउँपालिकामा अमरसिंह सिँजापती उपप्रमुखमा सुर्वण शाही र कालिगण्डकी गाउँपालिका प्रमुख टीकाराम ढकाललाई उम्मेदवार बनाउने निर्णय भएको एमाले गुल्मीले जनाएको छ।

एमाले गुल्मीले स्थानीयस्तरमा तालमेल गर्न भन्दै तीनजना उपप्रमुख छनोट गरेको छैन। अन्य पार्टीसँग तालमेल गरेर निर्वाचनमा जानको लागि भन्दै रेसुङ्गा नगरपालिका उपप्रमुख, मालिका गाउँपालिका उपप्रमुख र कालिगण्डकी गाउँपालिकाको उपप्रमुखमा तालमेलको लागि अन्तिम प्रयासस्वरुप उम्मेदवार छनोटमा ढिलाइ भएको एमाले गुल्मीका सचिव सोमनाथ सापकोटाले जानकारी दिए।

पार्टीले जिल्लाका सबै वडा अध्यक्षसहित सम्पूर्ण उम्मेदवार छनोट कार्य अन्तिम चरणमा पुर्याएको सचिव सापकोटाले जानकारी दिए। जिल्लामा अन्य पार्टीले पनि उम्मेदवार छान्न अन्ति प्रयास भइरहेको जनाएका छन्।

जिल्लामा कति छन् मतदाता?

गुल्मीमा १ लाख ८० हजार ७ सय ७५ कुल मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले  जनाएको छ। जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकामा उक्त मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ। कुल मतदातामध्ये ९४ हजार ७ सय ५९ जना महिला र ८६ हजार १५ जना पुरुष मतदाता रहेका छन्। मतदातामध्ये गुल्मीमा १ जना तेस्रो लिंगी रहेका छन्। 

महिला मतदाता बढी

गुल्मीमा कुल मतदातामध्ये महिला मतदाता संख्या बढी रहेको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ। पुरुष मतदाताभन्दा ८ हजारभन्दा बढी महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका प्रमुख गणेश बहादुर खत्रीले जानकारी दिए। कुल मतदातामध्ये ९४ हजार ७ सय ५९ जना महिला र ८६ हजार १५ जना पुरुष मतदाता रहेका छन्। जिल्लामा पुरुषभन्दा महिला मतदाता बढी हुनुमा अधिकांश युवाहरु रोजगारीको सिलसिलामा विदेशमा रहेकाले महिला बढी भएको निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेयले बताए।

कुन स्थानीय तहमा कति मतदाता?

जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकामध्ये सबैभन्दा बढी मतदाता भएको स्थानीय तहमा मुसिकोट नगरपालिका रहेको छ उक्त नगरपालिकामा १९ हजार ४ सय ८५ रहेका छन् भने सबैभन्दा कम मतदाता भएको स्थानीय तहमा कालिगण्डकी गाउँपालिका १२ हजार ६ सय ३४ रहेको छ।

जिल्लामा सबैभन्दा बढी मतदाता संख्या भएको वडा छत्रकोट गाउँपालिका वडा नं ३ हर्दिनेटा ३३ सय २७ रहेको छ  भने सबैभन्दा कम मतदाता संख्या भएको वडामा  रेसुङ्गा नगरपालिका वडा नं १३ दुविचौर ६ सय ८६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सुचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिए।

गुल्मीमा १ सय ३८ मतदानस्थल कायम

जिल्ला निर्वाचन कार्यालय गुल्मीले स्थानीय तहको चुनावका लागि जिल्लामा १ सय ३८ मतदानस्थलहरु कायम गरेको छ। कार्यालयले विगतका १ सय २९ मतदानस्थलहरुलाई यथावत राख्दै नौ वटा नयाँ मतदानस्थलहरु थप गरेको हो। विगतमा कतिपय मतदानस्थलमा मदतादाहरुलाई पुग्न समस्या परेको भन्दै उनीहरुको समस्यालाई ध्यानमा राख्दै नयाँ स्थलहरुको थप गरेर १ सय ३८ राखिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख गणेश बहादुर खत्रीले बताए।

स्थानीय तहको चुनाव नजिकिँदै गएको अवस्थामा कार्यालयको तर्फबाट जिल्लामा चुनावी गतिविधिलाई तीव्रता दिँदै गएको बताइएको छ। जिल्लामा रोकिएको मतादाता शिक्षा कार्यक्रमहरु पनि पुनः सञ्चालनमा आएको निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.