|

कालिकोट :  ग्लोबल आइएमई बैंकको ४६ औं शाखारहित बैंकिङ सेवा जिल्लाको खाँडाचक्र नगरपालिका–२ हुल्म बजारमा स्थापना भएको छ।

कालिकोटको हुल्मबजारमा स्थानीय कर्णबहादुर खत्रीलाई शाखारहित सेवाको जिम्मेवारी दिएको छ। उक्त शाखारहित सेवाबाट त्यस क्षेत्र वरिपरिका ग्राहकहरुले बंैकिङ सेवालाई व्यवस्थित बनाउन आवश्यक सामान सहितका सामग्री हस्तान्तरण गरिएको छ।

बजारको तीव्र विकास र ग्राहकको मागअनुसार शाखारहित सेवाको स्थापना गरिएको, बजारको विस्तार हुँदै गएको र ग्राहक आवश्यकताअनुसार बैंकिङ सेवाको स्थापना गरिएको ग्लोबल आइएमई बैंक कालिकोट शाखाले जनाएको छ। शाखारहित बैंकिङ सुविधा कर्णाली राजमार्गमा पर्ने भएका कारणले अधिकांश मानिसहरुको आवश्यकतालाई मध्यनजर गरेर शाखा विस्तार गरिएको बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.