|

दैनिक भास्कर : जुन १ देखि १८ सम्म इङल्यान्डमा हुने आईसीसी च्याम्पियन्स ट्रफीका लागि सहभागी ८ राष्ट्रले आफ्नो टोली घोषणा गरेका छन्। यस प्रतियोगितामा भारत, पाकिस्तान, अस्ट्रेलिया, इङल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश सहभागी छन्।

यसपटक वेस्ट इन्डिजको सट्टा बंगलादेशले च्याम्पियन्स ट्रफी खेल्ने मौका पाएको हो। हेर्नुस् कुन टोलीमा को-को छन् प्रमुख खेलाडी? कसले गर्दैछन् कुन देशको कप्तानी?

भारतले आफ्नो पहिलो खेलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। विराट कोहलीको कप्तानीमा रहेको भारतीय टिममा शिखर धवन,रोहित शर्मा, अजेन्का रहाणे, महेन्द्रसिंह धोन, युवराज सिंह, केदार जाधव, हार्दिक पांड्या, रविचन्दन आश्विक र रविन्द्र जडेजा, उमेश यादव, भुवनेश्‍वर कुमार, जसप्रीत बुमराह र मनिष पान्डे छन्।

पाकिस्तानको कप्तानी सरफराज अहमदले गर्नेछन्। टोलीमा अजहर अली,अहमद शेहजाद,मोहम्मद हाफिज, बाबर आजम, उमर अकमल, सोयब मलिक, फकहार जम्मा, इमाद वासिम, हसन अली, फहिम अशरफ,वहाव रियाज, मोहम्मद आमिर जुनैद खान र शादाब खान छन्।

दक्षिण अफ्रिकाको कप्तानी एबी डि विलियर्सले गर्नेछन्। टोलीमा हासिम अम्ला,क्विन्टन डिकक, जेपी डुमिनि, फाफ डू प्लेसि, डेविड मिलर, क्रिस मोरिस, वेन पार्नेल, एंडील फेहलुकवायो, कगिसो रबादा, इमरान ताहिर, ड्वेन प्रिस्टोरियस, केशव महाराज, फरहान बेहरदीन र मोर्ने मोर्केल छन्।

न्युजिल्यान्डको कप्तानी केन विलियमसनले गर्नेछन्। टोलीमा कोरी एंडरसन, ट्रेंट बोल्ट, नाइल ब्रूम, कोलिन डिग्रेंडहोम, मार्टिन गुप्टिल, टम लेथम, मिशेल मेक्लिंघन, एडम मिल्ने, जिम्मी नीशाम, जीतन पटेल, ल्यूक रॉन्ची, मिशेल सेंटनर, टिम साउदी र रोस टेलर छन्।

श्रीलंकाको कप्तानी एंजिलो माथ्यूजले गर्नेछन्। टोलीमा उपल थरंगा, निरोशन डिकवेला, कुशल मेन्डिस, कुशल परेरा, चमारा कपुगेदेरा, असेला गुणारत्ने, दिनेश चन्डीमल, लासिथ मालिंगा, सुरंग लकमल, नुवान कुलसेकरा, नुवान प्रदीप, थिसारा परेरा, लक्षण संदकन र सिकुगे प्रसन्ना छन्।

इङल्यान्डको कप्तानी इयोन मोर्गले गर्नेछन्। टोलीमा मोइन अली, जॉनी बेयरस्टो, जैक बॉल, सैम बिलिंग्स, जोस बटलर, एलेक्स हेल्स, लियाम प्लंकेट, आदिल राशिद, जोए रूट, जेसन रॉय, बेन स्टोक्स, डेविड विले, क्रिस वोक्स र मार्क वुड छन्।

अस्ट्रेलियाको कप्तानी स्टिभ स्मिथले गर्नेछन्। टोलीमा डेविड वार्नर, पैट कमिंस, अरोन फिन्च, जोन हेस्टिंग्स, जोश हेजलवुड, ट्रेविस हेड, मोइसिस हेनरिक्स, क्रिस लिन, ग्लेन म्याक्सवेल, जेम्स पेटिन्सन, मिशेल स्टार्क, मार्कस स्टोइनिस, माथ्यू वेड र एडम जम्पा छन्।

बंगलादेशको कप्तानी मशरफे मुर्तजाले गर्नेछन्। टोलीमा  तमीम इकबाल, सौम्य सरकार, इमरुल कैस, मुशफिकुर रहीम, शाकिब अल हसन, महमूदुल्लाह, शब्बीर रहमान, मुसद्दिक हुसैन, मेंहदी हसन, सुनजामुल इस्लाम, मुस्तफिजुर रहमान, तस्कीन अहमद, रुबेल हुसैन र शफीउल इस्लाम छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • west indies le kina khelna payena ramro sanga vandinu paro