|

दाङ : नेपाल भारत सिमानामा पर्ने दाङको कोइलावासमा हरेक वर्षझैं यस वर्ष पनि पिउनेपानीको समस्या सुरु भएको छ। गर्मी मौसम बढेसँगै कोइलावासका स्थानीय खानेपानीको चरम संकटबाट ग्रस्त छन्।

पानीका स्रोतहरु सुकेपछि कोइलावासबासीहरुलाई खानेपानीको संकट परेको हो।  खोलामा निरन्तर ढुंगाजन्य वस्तुहरुको दोहन हुनु तथा मुहानको संरक्षण नहुनुलाई खानेपानीको समस्याका कारकका रुपमा लिइएको छ।

धाराहरुमा पानी आउन छाडेको तथा कुवाहरु पनि सुकेपछि पानीको हाहाकार भएको स्थानीय रसिव सिद्धिकीले बताए। नेपाली भु-भागमा पानीका स्रोतहरु सबै सुकेपछि कोइलावासबासीहरु भारतमा पुगेर पानी ल्याउन बाध्य छन्।

सिमानामा रहेको भारतीय सीमा सुरक्षाबल (एसएसबी)को शिविरबाट नेपालीले पानी ल्याउने गरेका छन्। कुनै बेला राप्ती अञ्चलकै व्यापारिक द्धार रहेको कोइलावास अहिले भने विकासमा निकै पछाडि परेको छ।

साविकको कोईलाबास गाविस अहिले गढवा गाउँपालिकाको वडा नम्बर ८ हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.