|

ललितपुर : ललितपुर महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसको अग्रता कायमै छ।

महानगरका प्रमुख पदका उम्मेदवार कांग्रेसका चिरिबाबु महर्जनले २४ हजार ३५१ र नेकपा (एमाले)का हरिकृण व्यञ्जनकारले २४ हजार १०२ मत प्राप्त गरेका छन्।

जम्मा २९ वडा रहेको महानगरमा २८ वटा वडाको अन्तिम परिणाम आइसकेको छ। अहिले २९ वडाको मतगणना जारी छ। यो वडामा एक हजार ४९६ मतदाता रहेकामा एक हजार ३२६ मत खसेको थियो।

कुल एक लाख १२ हजार ९२३ मतदाता रहेको महानगरपालिकामा ८९ हजार २१४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन्।

यसअघि गणना विवादले रोकिएको ललितपुरको मतगणना सर्वदलीय बैठक बसेर केहिबेर अघिदेखि पुनः सुरु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.