|

कालिकोट : कालिकोटको नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा एमालेका धीरबहादुर बिष्ट निर्वाचित भएका छन्। कांग्रेसका मीनबहादुर बोगटीलाई २३२ मत अन्तरले हराउँदै बिष्ट अध्यक्ष पदमा विजयी भएका हुन्। उनले २४६०मत पाए।

माओवादी केन्द्रका मनशोभा बुढा पाँच मतअन्तरले उपाध्यक्ष निर्वाचित भइन्। उनले २२४९ मत पाइन् भने कांग्रेसकी सुशीला शाहीले २२४३ मत ल्याइन् ।

वडाहरूमा भने मिश्रित परिणाम आएको छ। वडा नं.१, ३, ८ र ९ मा अध्यक्षमा एमाले,  ५, ६ र ७ मा माओवादी केन्द्र तथा २ र ४ मा कांग्रेस विजयी भएका छन्। कालिकोटका ९ मध्ये ५ मा माओवादी केन्द्र, ३ मा एमाले र एक गाउँपालिकामा कांग्रेस विजयी भएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.