|

सुरुङ्गा : करेण्ट लागेर झापाको गौरीगञ्ज गाउँपालिकामा भारतीय नागरिकको मृत्यु भएको छ ।

गौरीगञ्ज गाउँपालिका–६ स्थित रामचन्द्र खोलाको पुल बनाउने मजदुर भारत घर भएका २० वर्षीय अर्पण मेचेको मङ्गलबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मेचेलाई ढलान मेसिन बन्द गर्ने क्रममा करेण्ट लागेको थियो। करेण्ट लागेर अचेत भएका उनलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक पुर्‍याएलगत्तै उनको मृत्यु भएको थियो।
 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.