|

चितवन : नेकपा माओवादी केन्द्रले भरतपुर- २६ मा पनि जित हात पारेको छ। यसअघि १३ नम्बर वडा जितेको माओवादीले वडा नम्बर २६ मा पनि जित हात पारेको हो। माओवादी उम्मेदवार ज्ञानप्रसाद खनाल १६४७ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी कांग्रेसका दलबहादुर गुरुङले १४४८ मत ल्याए। 

यस वडामा माओवादी उम्मेदवारलाई एमालेको समर्थन थियो। यद्यपी वडाध्यक्षबाहेकका सबै सदस्यहरु कांग्रेसले जितेको छ। माओवादीले सदस्यहरुमा एमालेलाई सघाउने गरी तालमेल गरे पनि एमाले उम्मेदवारहरुको अपेक्षाकृत मत आएन।

तालमेल माओवादी र एमालेबीच भए पनि नतिजा भने कांग्रेस/माओवादीको पक्षमा आयो।

२६ नम्बर वडाको मतगणना सकिँदा माओवादी/कांग्रेस गठबन्धनमा महानगर प्रमुखको उम्मेदवार बनेकी रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको मत अन्तर २६ सय ६६ मा झारेकी छन्। १२ नम्बर वडाको मत गणना सकिँदा ३८ सय नाघेको अन्तर १३ र २६ नम्बरको मत गणनापछि छोट्टियो। यी दुवै वडा माओवादीले जितेको छ।

पछिल्लो परिणामअनुसार देवीले २८,०६९ तथा रेणुले २५,४०३ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.