|

काठमाडौं : ललितपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका चिरीबाबु महर्जन र गीता सत्याल निर्वाचित भएका छन्। एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई ३ सय ६५ मतको झिनो अन्तरले पराजित गर्दै महर्जन महानगर प्रमुख चुनिएका हुन्।

उनले २४ हजार ६ सय ६६ मत प्राप्त गरे भने व्यञ्जनकारले २४ हजार ६ सय १ मत ल्याए। उपप्रमुखमा विजयी सत्यालले भने निकटतम प्रतिस्पर्धी साझा पार्टीकी शोभा शाक्यलाई ४ हजार ८ सय ३ मतले पछि पारिन्।

उनले  १९,२३६ र शाक्यले १४,४३३ मत पाइन्। मतगणना मध्यरातमा सकिएको हो। जितपछि नवनिर्वाचित प्रमुख महर्जनले जनताले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.