|

गुल्मी : गुल्मीमा चलिरहेको भारतीय सेना र विभिन्न संस्थाबाट अवकाश प्राप्त भुपु सैनिकहरुका लागि वितरण गरिने पेन्सन क्याम्प सम्पन्न भएको छ। वैशाख २८ बाट सुरु भएको वितरण क्याम्प १३ दिनसम्म चलेको जिल्ला सैनिक बोर्ड गुल्मीका सेक्रेटरी विष्णुकुमार थापाले जानकारी दिए।

 जिल्लाको सदरमुकाम तम्घासमा वितरण गरिएको क्याम्पबाट करिब १ अर्ब १५ करोड वितरण भएको भारतीय पेन्सन वितरण क्याम्पले जनाएको छ। जिल्ला वितरण गरिएको क्याम्पबाट ६ हजारभन्दा बढी भुपु सैनिकले पेन्सन बुझेका छन्। केहीले बैंकबाट बुझ्ने गरे तापनि अधिकांशले पेन्सन क्याम्पबाट रकम बुझ्ने  गर्दछन्।

पेन्सन वितरण क्याम्प चलेसँगै वितरणले सधंैजसो शून्य रहने तम्घासको बाख्रेछेडामा बजार पनि चहलपहल बढ्ेको थियो। वितरण क्याम्पलाई मध्यनजर राखेर जिल्लाभित्र तथा भारतका विभिन्न ठाउँबाट आएका विभिन्न व्यावसायका पसलहरु राखेर बजार लाग्ने गर्दछ। पेन्सन वितरण सँगै बजार लाग्नाले तम्घासमा चहलपहलसमेत बढ्ने गर्दछ।   

भारतीय सेना र भारतका विभिन्न संघ संस्थाबाट अवकाश प्राप्त भुपुलाई पेन्सन वितरण क्याम्प प्रत्येक वर्षको ६÷६ महिनामा वितरण गरिँदै आएको छ। सदरमुकाम तम्घासमा सञ्चालन भएको पेन्सन वितरण क्याम्पबाट गुल्मी जिल्लालगायत बाग्लुङ्ग, अर्घाखाँची,प्युठान लगायतका ठाउँका भुपु करिब ७ हजार पेन्सनर रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.