|

सुनसरी : बराह नगरपालिका वडा नम्बर ९ र १० का स्थानीय किराती समुदाय आफ्नो संस्कृति जोगाउन लागि परेका छन्। सो वडामा बसोबास गर्दै आएका किराती समुदायले स्वैच्छिक रुपमा आर्थिक संकलन गरी साकेला भवनको निर्माण गरेका हुन्।

पछिल्लो समय आफ्नो कला तथा संस्कृति लोप हुँदै गएको कारण यसरी लोप हुँदै गएको संस्कृति तथा भेषभूषालाई संरक्षण गर्ने उद्देश्यले भवन निर्माण गरिएको किराती अगुवाहरुले बताएका छन्।

साविक प्रकाशपुर-१ बाहुनी खोला टोलमा निर्माण गरिएको भवनको किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष तिलक राईले उद्घाटन गरेका थिए। स्थानीय रहरमान राईले तीन लाख बराबरको आठ धुर जग्गा निःशुल्क दिएपछि आफ्नो संस्कृति जोगाउन र नयाँ पुस्तालाई समेत संस्कृतिबारे जानकारी दिन भवन निर्माण गरिएको किरात राई यायोख्खा साविक प्रकाशपुर गाविसका इकाइ अध्यक्ष जंगबहादुर राईले बताए।

राईको अनुसार बराह ९ र १० वडामा वडा बसोबास गर्ने किराती समुदायको २ सय ४२ घरबाट स्वैच्छिक रुपमा सहयोग संकलन गरी ७ लाख रुपैयाँमा भवन निर्माण गरिएको हो। आफ्नो पहिचान संरक्षण र सम्बद्र्धन गर्ने थलोको रुपमा साकेला भवन रहेको स्थानीय केशव राईले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.