|

एजेन्सी : ३३ वर्षका अरबपति मार्क जुकरबर्ग १३ सालपछि हवार्ड विश्वविद्यालयको हेस्टलमा रहेकी त्यही कोठामा पुगेका छन् जहाँबाट उनले फेसबुक लन्च गरेका थिए।

जुकरवर्गले २३ मिनेटको भिडियो फेसबुकमा शेयर गरेका छन्। उनले लेखेका छन्,'१३ वर्षपछि म यो कोठामा फर्किएको छु। यो त्यही ठाउँ हो जहाँ मेरो जिन्दगीमा ठुलो मौका आयो।' जुकरबर्ग यस होस्टलको रुम एच -३३ मा बस्ने गर्दथे। उनले ४ फेब्रुअरी २००४ मा फेसबुक लन्च गरेका थिए।

भिडियोमार्फत जुकरबर्गले आफ्ना थुप्रै भित्री कुराहरु सार्वजनिक गरेका छन्। उनले आफ्नी पत्नी प्रिसिलासँग पहिलो भेट होस्टलमै भएको बताएका छन्। त्यतिबेला प्रिसिला १८ वर्षकी थिइन्। जुकेरबर्ग १९ वर्षका थिए। उनीहरुबीच लामो प्रेमपछि सन् २०१२ को मेइ १९ मा बिहे भए थियो।  

जुकरबर्गले आफ्नो पढाई पूरा गर्नुअघि नै हवार्ड विश्वविद्यालय छाडेका थिए। उनले आफ्नो ध्यान समाजिक सञ्जालको विकास गर्नमा लगाए। त्यसपछि फेसबुक निर्माण भयो। आज फेसबुक संसारकै सबैभन्दा लोकप्रिय  सामाजिक सञ्जाल हो।

बिहीबार हवार्ड विश्‍वविद्यालयले जुकरबर्गलाई मानार्थ डिग्री प्रदान गर्दैछ। यस अवसरमा जुकरबर्गले ग्राजुयशन समारोहमा भाषण समेत गर्नेछन्।

'हवार्डबाट डिग्री हासिल गर्नुले मेरो जीवनमा ठुलो अर्थ राख्छ। यसले मेरा बाबु-आमाको लागि अझ ठुलो अर्थ राख्छ। यस अवसरमा मेरा बाबु-आमाले मप्रति गर्व गर्नेछन्।

जुकेरबर्गले यस भिडियो शेयर गरेको ६ घण्टाभित्रै भिडियोलाई ६ लाखभन्दा धेरैले हेरेका छन्। ४ लख ८८ हजारभन्दा बढीले आफ्नो प्रतिक्रिया दिएका छन्। २७ हजारभन्दा धेरैपटक यो भिडियो शेयर भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.