|

  • दाना शाही-

जुम्ला : हिमा गाउँपालिका १ का नवनिर्वाचित वडाध्यक्ष वीरबहादुर शाहीले गाउँमा खानेपानी व्यवस्था गर्ने पहिलो योजना बनाएका छन्। साविकको बड्की गाविस १ र २ मिलेर बनेको हिमा १ मा खानेपानीको ठूलो समस्या भएकोले खानेपानी उपलब्ध गर्ने योजनालाई प्राथमिकतामा राखेको वडाध्यक्ष शाहीले बताए।

“वडाको समुन्नत विकासका लागि पक्ष विपक्ष दुवैलाई साथ लिएर अघि बढ्छु, आवश्यकता पहिचान गर्छु र त्यहीका आधारमा आफ्नो योजनालाई अघि बढाउँछु,” उनले भने। त्यसको साथै जनताबाट प्राप्त जनादेशलाई शिरमा राखेर आफ्नो सास हुञ्जेल काम गरेर देखाउने उनले प्रतिवद्धता गरे।

२०२१ सालदेखि नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका वडाध्यक्ष शाहीले २०३६ सालसम्म कांग्रेस समर्थक भएर काम गरेका थिए। २०५४ सालमा कांग्रेसबाट गाविस अध्यक्ष लड्न खोज्दा कांग्रेसभित्रैबाट असहयोग भएपछि उनले पार्टी छाडे।

पछि २०५६ सालमा उनले सशस्त्र युद्ध गरिरहेको नेकपा माओवादीको आन्दोलनमा साथ दिँदै भूमिगत जीवन सुरु गरे। २०५८ सालमा गाउँ जनसरकार प्रमुखमा नियुक्त भएर २ वर्षसम्म उनले काम गरेका थिए। जीवनका धेरै वर्ष संघर्ष गर्दै जाँदा उमेर ढल्किसकेका उनले उनले बुढो अवस्थामा पनि केही गर्ने लक्ष्य लिएर वडाध्यक्षमा उम्मेदवारी दिएको र जनताले पनि न्याय गरेकोप्रति उच्च प्रशंसा गरे। उनी नेकपा माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्ष निर्वाचित भएका हुन्।

यद्यपी पाँच वर्षको अवधिमा कमजोर स्वास्थ्य अवस्थाले बाँच्दिन कि भन्ने हरेशपूर्ण भाव पनि उनले प्रकट गरे। जेठ सात गतेदेखि देश र जनताको नाममा निष्ठावान् भएर काम गर्ने सपथ लिइसकेकाले निरन्तर रुपमा कामगर्ने अठोट गरिसकेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.