|

गुल्मी : गुल्मीमा खोलामा नुहाउने क्रममा डुबेर एक मजदुरको मृत्यु भएको छ। जिल्लाको शन्तिरपुरस्थित चन्द्रकोट गाउँपालिका वडा नं. ४ को हुग्दी खोलामा नुहाउने क्रममा अर्घाखाँची पाली वडा नं. ६ घर भएका ४० वर्षीय पदमबहादुर पहराई मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

शान्तिपुरस्थित तल्लो रेमीमा बसेर घर निर्माणको काम गर्दै आएका पहराई बुधबार दिउँसो घरको ढलाई सिध्याएर खोलामा नुहाउने क्रममा पुल निर्माण गर्न खनिएको खाल्डोमा पर्दा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.