|

काठमाडौँ: बालबालिकालाई लगाइँदै आइएको जापानीज इन्सेफ्लाइटिस रोगविरुद्धको खोप (जेई भ्याक्सिन) अभाव भएको छ।

पुरानो स्टक सकिएको र चीनबाट ल्याउने प्रक्रिया लम्बिँदा नयाँ खोप आउन समय लाग्ने भएपछि खोपको अभाव देखिएको स्वास्थ्य सेवाअन्तर्गत बाल स्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख वसन्त श्रेष्ठले बताए।

श्रेष्ठले भने, 'छ महिनादेखि खरिद गर्ने प्रक्रिया अघि बढाउँदा पनि समयमै खोप खरिद गर्न नसक्दा अहिले खोपको अभाव देखिएको छ।' केही समयअघिसम्म खोप सहज रूपमा पाइएको भए पनि यसपटक उताबाट पठाउने क्रममा केही प्रक्रियागत झन्झट भएको हुनाले खोप आउन ढिलाइ हुँदा अहिले खोपको अभाव भएको श्रेष्ठले जानकारी दिए।

जापानिज इन्सेफ्लाइटिसबाट जोगाउन १२ महिना पुगेका बालबालिकालाई दिइँदै आएको यो खोप लगाउने बालबालिकाको संख्या हाल नेपालमा छ लाख ६० हजार रहेको छ। त्यसका लागि विभागले अहिले दुई लाखभन्दा बढी भाइल खोप ल्याउँदै गरेको प्रमुख श्रेष्ठले बताए।

‘एक भाइलमा पाँच डोज खोप हुन्छ। तर खोलेपछि पाँचवटा बच्चा भेटिएन भने त्यसै खेर जान्छ', उनले भने, 'त्यसैले हामीले १० लाख डोज जति ल्याउने गरेका छौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.