|

दमक : नेपालका लागि इजरायली राजदूत यारोन मायरले नेपालको कृषि क्षेत्रको विकासमा आफ्नो राष्ट्रले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन्। उनले नेपालको कृषिको विकासका लागि नेपाली युवालाई इजरायल लगेर तालिम दिई दक्ष बनाउन इजरायल सरकारले सहयोग गर्ने बताएका हुन्। झापाको दमकमा बुधबार राजदूत मायरले पत्रकारसँग कुराकानी गर्दै

नेपालाई कृषिमा आत्मनिरभर बनाउन सर्वप्रथम कृषिलाई आधुनिकीकरण गर्नुपर्ने बताए। उनले भने, ‘नेपालाई कृषिमा आत्मनिरभर बनाउन कृषिलाई आधुनिकीकरण गर्न जरुरी छ, यहाँ पुरानै शैलीमा कृषि गरेको मैले पाएको छ, कृषिमा आत्मनिरभर बनाउन तालिम आवश्यक छ।’

 नेपालीलाई कृषिमा स्वरोजगार इजरायल सरकारले तालिमको अवसर दिन थालेपछि धेरै नेपाली युवाहरुले अवसर प्राप्त गरेको बताए। उनले भने, ‘हामीले प्रत्येक वर्ष नेपालीलाई इजरायल लगेर, आधुनिक कृषि प्रणालीबाट कृषि गर्न तालिम दिएका छौं, त्यसले नेपालको कृषि विकासका साथै नेपाल र इजरायलबीचको सम्बन्धसमेत अझ राम्रो हुँदै गएको छ।’

उनले कृषिमा दक्ष जनशक्ति उत्पादन गर्न साना किसान सहकारी संस्थामार्फत सञ्चालित कार्यक्रम प्रभावकारीसमेत बन्दै गएको जानकारी दिए। इजरायल सरकार यस कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिन चाहेको उनले बताए। विश्वका १८ मुलुकबाट कृषि अध्ययनका लागि इजरायलका विभिन्न कलेजमा आउने गरेको बताउँदै उनले ती मुलुकहरुमध्ये दोस्रो बढी संख्यामा लैजाने मुलुक भनेको नेपाल नै भएको उल्लेख गरे।

प्रत्येक वर्ष नेपालबाट ५ सय ५० युवा ११ महिना कृषि तालिमका लागि इजरायल पुगेको उनले बताए । नेपालका २२ देखि ३० वर्ष उमेर समूहका कक्षा १२ उतीर्ण युवाहरुलाई कृषि अध्ययनका लागि इजरायल सरकारको समन्वयमा साना किसान मार्फत विगत पाँच वर्षदेखि कार्यक्रम सञ्चालनमा रहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.