काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन्। संसदमा सम्बोधन गरेर राजिनामा गर्ने प्रधानमन्त्रीको चाहाना भएपनि सरकारले नयाँ स्थानीय तह थपेको विरोधमा प्रतिपक्षी एमालेले संसद अवरुद्ध गर्ने भनेपछि उनले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरेर राजीनामा गरेका हुन्।
राजीनामा गरेपछि प्रधानमन्त्री प्रचण्ड सिंहदरबाट राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउन राष्ट्रपति कार्यालय शीतलनिवास गएका छन्।
राष्ट्रपति कार्यालय जानेबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बाहिर प्रधानमन्त्रीले पत्रकारहरुलाई मुस्कुराउँदै हात हल्लाउँदै विदा भए।
हेर्नुस् फोटोहरु,
कुशल नेतृत्वदायी भुमिका, जनमुखी काम, सक्षम र सफल प्रचण्ड जसले इमान्दारिता र नैतिकताको अनुकरणीय संस्कारको युगान्तकारी दृष्टान्त पेस गर्दै बिदा लिए। समय पक्षपाती भएन भने कुनै बिलम्ब नगरी फेरि मौका दिने छ। केही समय लाग्ला तर जनताले अवस्य खोजी गर्ने छन् !!!!!
तपाईंको ईमेल गोप्य राखिनेछ ।