|

भक्तपुर : चाँगुनारायण नगरपालिकाको मतगणना बुधबार अपरान्हबाट सुरु भएको छ। पाँच दिनदेखि स्थगित चाँगुनारायण नगरपालिकाको मतगणना बुधबार अपरान्ह करिब ५ बजेर ४० मिनेट जाँदा सुरु गरिएको हो।

विवादित वडा नम्बर ३ र ४ मा पुनः मतगणना गर्ने सहमति सर्वदलीय बैठकमा जुटेपछि मतगणना सुचारु भएको हो। मतगणनामा संलग्न कर्मचारीले मत गोलमाल गरेको भन्दै कांग्रेस, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले असहमति जनाएपछि विवादका कारण मतगणना स्थगित भएको थियो।

बुधबार विहान प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मा, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलसहितको सर्वदलीय बैठकमा विवादित वडा नम्बर ३ र ४ मा पुन मतगणना गर्न एमाले सहमत भएपछि मतगणना सुरु गरिएको हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.