|

दमक : जेठ ३१ गते हुने दोश्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले झापाले १५ स्थानीय तहमध्ये ९ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ। एमाले झापाका प्रचार विभाग सदस्य माधव विद्रोहीका अनुसार एमालेले झापामा ६ नगरपालिका सहित ९ स्थानीय तहमा प्रमुख तथा उपप्रमुखको उम्मेदवारको  टुंगो लागेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको प्रमुखको उम्मेदवार रोमनाथ ओलीलाई बनाएको छ। यस्तै झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाको प्रमुख पदमा जीवन कुमार श्रेष्ठ र उपप्रमुखमा चन्दा श्रेष्ठ उम्मेदवार छन्।

पार्टीले गौरादहको प्रमुखमा मदन अधिकारीलाई उम्मेदवार बनाएको छ। यस्तै सरककारले केही दिन अघिमात्र घोषणा गरेको बुद्धशान्ति नगरपालिकाको प्रमुखमा एमाले जिल्ला अध्यक्ष चिन्तन पाठक र उपप्रमुखमा मीना भूर्तेल छन्।

सरसकारको निर्णयबाट भर्खर नगरपालिका बनेको कमल नगरपालिकाको प्रमुखमा मेनुका काफ्ले र उपप्रमुखमा वेणु शिवाकोटीलाई उम्मेदवार छन्। अर्जुनधारा नगरपालिकामा हरि रानालाई प्रमुख र कमला आचार्यलाई उपप्रमुखको उम्मेदवार छन्।

कचनकवलमा शेरबहादुर खत्रीलाई अध्यक्ष र धनमाया दाहाललाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ। झापा गाउँपालिकाको अध्यक्षमा गजेन्द्र ताम्ली र उपाध्यक्षमा कुन्ती बुढाथोकी उम्मेदवार छन्। यसैगरी बाह्रदशी गाउँपालिकाको अध्यक्षमा लक्ष्मण पाठक र उपाध्यक्षमा गंगा धमलालाई उम्मेदवार छन्। एमालेले अन्य ६ स्थानीय तह मेचीनगर, बिर्तामोड, कनकाई, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज र हल्दिवारी गाउँपालिकाको उमेदवार केही दिन भित्रै टुंगो लगाउने पार्टी निकट स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.