|

पर्वत : भीरमहका लागि प्रख्यात मानिने बागलुङको ताराखोला गाउँपालिकामा यो वर्ष उत्पादन घटेको छ। ताराखोला क्षेत्रका भीर र पहरामा झुण्डिएका मौरीका चाकाहरु झिक्दा पर्याप्त मात्रामा मह नपाइएको शिकारीहरुले बताएका छन्।

विगतका वर्षहरूको यही सिजनमा करिब चार हजार लिटरसम्म भीर मह निकालिएकोमा यो वर्ष भने ३० लिटर मात्र  निकालिएको छ। स्थानीय बासिन्दाका अनुसार जुल्फे सामुदायिक वन र ठूलाभीर सामुदायिक वनमा अघिल्ला वर्षहरुमा ८ घार मह काढिएकोमा यो पटक ७ घार काढ्दा यति थोरै परिमाणमा मह जम्मा भएको हो।

वैशाख महिनामा बढी वर्षा भएका कारण मौरी आफैंले खाएकोले मह उत्पादनमा कमी आएको जुल्फे सामुदायिक वनका सचिव नारायण घर्तीले जानकारी दिए। दुई वनबाट निकालिने मह वनका सबै उपभोक्तालाई आवश्यकताअनुसार बराबर बाँड्ने गरिन्छ भने बढी भएको मह बजारमा बिक्री गर्ने गरिएको छ।

भीर माहुरीको मह विभिन्न रोगको उपचारमा प्रयोग हुनुका साथै स्वस्थ रहनका लागि समेत लाभदायी हुने भएका कारण यसको माग उच्च छ। तर यसको संरक्षण र विकासका लागि प्रयास नहुँदा मह उत्पादन घटेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.