|

रुकुम : प्रदेश नम्बर ६ मा पर्ने रुकुमका ६ वटा स्थानीय निकाहरुको निर्वाचन सम्पन्न भए पनि प्रदेश नम्बर ५ मा पर्ने पूर्वी रुकुमका ३ स्थानीय तहमा भने चनावी चहलपहल शुरु भएको छ।

५ नम्बर प्रदेशमा पर्ने रुकुमका ३ स्थानीय तहमा सरकारले दोस्रो चरणमा निर्बाचन गर्ने घोषणा भएपछि यसअघि जिल्लाका अन्य भागहरुमा केन्द्रित भएका दलहरु पुनः निर्बाचनमा केन्द्रित भएका हुन्। दोस्रो चरणको निर्वाचन सरकारले जेठ ३१ गते गर्ने घोषणा भएकाले चुनाबी तयारीका लागि राजनीतिक दलहरु त्यसतर्फ केन्द्रित भएका हुन्। 

५ नम्बर प्रदेशमा पर्ने जिल्लाका पुथाउत्तरगंगा, भुमे र सिस्ने गाउँपालिका हुन्। जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि पूर्वी रुकुमका चुनाव प्रचार अभियान शुरु भइसकेको नेकपा माओवादी केन्द्र रुकुमका संयोजक गोपाल शर्माले बताए। जिल्ला निर्वाचन कार्यालयमा निर्वाचनका लागि १३ वटा राजनीतिक दल दर्ता भए पनि संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी सहित ९ वटा मात्र दल क्रियाशील छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.