|

लहान : परिवारको आर्थिक अवस्था सुधार्न गर्भवती पत्नी छोडेर कमाउन विदेश गएका सिरहा लहानका एक युवकको शव बाकसमा फर्किएपछि पविारसहित सिङ्गो गाउँलेहरु शोकमा डुबेका छन्।

लहान नगरपालिका २० गोर्छारी गाउँका ३५ वर्षीय सञ्जय विश्वकर्माको शव बिहीबार बिहान गाउँ ल्याइएपछि परिवार शोकमा डुबेको छ। पत्नी गर्भवती हुँदा नै छोडेर गएपछि जन्मिएका छोरा, छोरी र श्रीमती रहेका उनको बिहीबार नै दाहसंस्कार गरिएको छ।

‘दुई वर्षअघि मलेसिया उडेका सञ्जय मलेसियामा जेठ ४ गते आफ्नै भतिजको बर्थडे पार्टीमा सहभागी भएपछि राति आफ्नै ओछ्यानमा सुतेका थिए, तर उनी ब्यँझेनन्’ मृतकका ठूलो बुवा नन्दलाल विश्वकर्माले भने।

केही महिना पूर्व सिरहाको धनगढीमाई नगरपालिका २ भवानीपुर का २४ वर्षीय महेशकुमार मण्डलको पनि मलेसियामा मृत्यु भएपछि बाकसमा शव ल्याइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.