|

दाङ : नेकपा माओवादी केन्द्र दाङले जिल्लाका दशवटै स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटै गाउँपालिकामा उम्मेदवार टुंगो लगाएको माओवादी केन्द्र दाङले जनाएको छ।

जिल्लाका एक सय वटै वडामा पनि उम्मेदवार टुंगो लगाएको माओवादी केन्द्र निर्वाचन परिचालन समिति दाङका संयोजक निर्मल आचार्यले जानकारी दिएका छन्।

जसअनुसार माओवादीले बबइ गाउँपालिका अध्यक्षमा सुशील खड्का क्षेत्री र उपाध्यक्षमा उर्मिला वलीलाई उम्मेदवार चयन गरेको छ। शान्तिनगर गाउँपालिका अध्यक्षमा नेवबहादुर रोका र उपाध्यक्षमा राधिका परियार उम्मेदवार चयन भएका छन्।

त्यसैगरी दंगीशरण गाउँपालिका अध्यक्षमा हिरालाल चौधरी र उपाध्यक्षमा सीता बस्नेत उम्मेदवार चयन भएका छन्। तुलसीपुर उपमहानगरपालिमा प्रमुखमा शेषुराम भण्डारी र उपप्रमुखमा सीता ओलीलाई उम्मेदवार बनाउने माओवादी केन्द्र दाङले जनाएको छ।

त्यसैगरी माओवादीले घोराही उपमहानगरपालिकाको प्रमुखमा यसअघि नै जीवन गौतमलाई घोषणा गरिसकेको छ भने उपप्रमुखमा सीता चौधरीलाई अघि सारेको छ।

माओवादी केन्द्रले बंगलाचुली गाउँपालिका अध्यक्षमा भक्तबहादुर वली र उपाध्यक्षमा यमुना घर्तीलाई अघि सारेको छ। त्यस्तै राप्ती गाउँपालिका अध्यक्षमा श्यामेश चौधरी र उपाध्यक्षमा भगवता शर्मा अधिकारीलाई अघि सारेको छ। माओवादी केन्द्रले लमही नगरपालिका प्रमुखमा द्रौपदा पौडेल र उपप्रमुखमा कालुराम चौधरीलाई उम्मेदवार चयन गरेको छ।

त्यस्तै राजपुर गाउँपालिका प्रमुखमा श्यामबहादुर झाँक्री र उपप्रमुखमा पुष्पा यादवललाई अघि सारिएको संयोजक आचार्यले जानकारी दिए। गढवा गाउँपालिकाको अध्यक्षमा लुमाकान्त न्यौपाने र उपाध्यक्षमा रमा चौधरीलाई अघि सारिएको माओवादी केन्द्र दाङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.