|

लहान : सिरहाको गोलबजार नगरपालिका-४ स्थित पूर्व पश्चिम सडकमा बिहीबार ट्रयाक्टरको ट्रलीले किचेर घाइते भएकी एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा गोलबजार नगरपालिका ७ बस्ने उदयचन्द्र ठाकुरकी छोरी १४ वर्षीया रागनी कुमारी ठाकुर रहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। सडक किनारमा हिंडिरहेकी रागनी बिहान ११ बजेतिर स. १ त ४९३४ नम्बरको इँटा बोकेको ट्रयाक्टर अनियन्त्रित भै पल्टिंदा किचेर गम्भीर घाइते भएकी थिइन्।

घाइते बालिकाको रामकुमार उमाप्रसाद स्मारक अस्पाताल लहानमा उपचारको क्रममा दिउँसो १२ बजेतिर मृत्यु भएको हो। ट्रयाक्टरका चालकलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ।

त्यस्तै, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका -१ भारदहस्थित सडकमा ना. ४५ प ६३०७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री स्थानीय ६५ वर्षीय कुसुम नारायण राउत घाइते भएका छन्। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सप्तकोशी नगरपलिका १० बस्ने २५ वर्षीय हुमेश्वर कुमार खड्कासहित राउतको पनि स्थानीय मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.