|

दाङः नयाँ शक्ति नेपाल दाङले जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आफ्ना उम्मेद्वार घोषणा गरेको छ। 

बिहीबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी दाङका १० स्थानीय तहमध्ये छवटा तहमा सो पार्टीले उम्मेद्वारी घोषणा गरेको हो। सो पार्टीले दिएको जानकारीअनुसार तुलसीपुर उपमहानगरपालिको प्रमुख र उपप्रमुखमा जीवन भण्डारी र शान्ता रिजाल उठ्ने भएका छन्। 

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नं. १ मा अध्यक्ष पदमा गिरिराज गरङ्जा मगर, वडा नं. ४ मा गणेशप्रसाद गिरी, वडा नं. ५ मा सुरेन्द्रप्रकाश चन्द, वडा नं. ६ मा पञ्चाराम नेपाली, वडा नं. ७ मा बुद्धिराम चौधरी, वडा नं. १२मा लालबहादुर रावत, वडा नं. १७ मा कृष्ण (चखौरिया) चौधरी र वडा नं. १८ मा तारानाथ वलीलाई अध्यक्ष पदमा उम्मेदवार घोषणा गरिएको छ। 

त्यस्तै बुधबार घोराहीमा पत्रकार सम्मेलन गरी घोराही उपमहानगरपालिको प्रमुख र उपप्रमुखका लागि जगत पुन मगर र निर्मला विक उम्मेदवार हुने जानकारी दिइएको छ। त्यस्तै राजपुर गाँउपालिकाको अध्यक्षमा मिश्रीलाल गुप्ता, बबई गाउँपालिका अध्यक्षमा लोकेन्द्र श्रीपाइली, शान्तिनगर गाउँपालिकाको अध्यक्षमा खम्बु जैसी, उपाध्यक्षमा सीमा वली, वडा नं. २ को वडाध्यक्षमा छविलाल वली, वडा नं. ३ मा रुद्र केसी र वडा नं. ६ मा हर्क नेपाली रहेका छन्।

त्यस्तै राप्ती गाउँपालिकाको अध्यक्षमा नन्दकुमार चौधरी र उपाध्यक्षमा भूमि गुरुङ उम्मेदवार हुनेछन्। अन्य तहमा पनि छिट्टै उम्मेदवारी घोषणा गर्ने नयाँ शक्ति नेपाल दाङका संयोजक नारायण भट्टराईले जनाए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.