|

काठमाडाैं : नेकपा एमालेले संसद बैठकमा अवरोध गरेको छ। एमालेको अवरोधका कारण राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा गरेको सम्बोधनप्रति धन्यवाद दिने लगायतका कार्यसूचि समेत प्रभावित भए। संसदले राष्ट्रपतिलाई धन्यवाद समेत दिन पाएन।

राष्ट्रपति भण्डारीले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेपछि आधा घण्टा स्थगित भएर सुरु भएको संसद बैठकमा एमालेले अवरोध गरेको हो। स्थानीय तहको संख्या थपिएको विरोधमा एमालेले संसद बैठक चल्न दिएन।

बैठक सुरु भएलगतै एमाले सांसदले आआफ्नो स्थानमा उठेर विरोध गरेपछि सभामुख ओनसरी घर्तीले संसद बैठक शुक्रबार दिउसो १ बजेसम्मका स्थगित भएको घोषणा गरिन्। 

शुक्रबारकाे बैठक चल्न पाए नीति तथा कार्यक्रममाथि दुई दिन छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.