|

सुनसरी : इनरुवा–९ बबियामा बिहीबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा बबिया–९ बस्ने सजार खाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

स्थानीय सरुख खाँ गम्भीर घाइते भएका छन्। बबिया शुक्रबारे हाटबाट सत्तैरझोरा जाँदै गरेको को २ त २७६८ नम्बरको ट्याक्टर अनियन्त्रित भई होली पुलमा दुर्घटना हुँदा गम्भीर घाइते भएका सजारको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.