|

पोखरा : पोखरा महानगरपालिका प्रमुखमा नेकपा एमालेका मानबहादुर जिसी विजयी भएका छन्। शुक्रबार विहान सकिएको मतगणना अनुसार जिसीले ६० हजार ४ सय २३ मत ल्याएर विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरले भन्दा १४ हजार ७ मत बढी ल्याएका हुन्। कुँवरले ४६ हजार ४ सय १६ मत ल्याए।

उपप्रमुखमा पनि नेकपा एमालेकी उम्मेदवार मञ्जु गुरुङ विजयी भएकी छन्। उनले ५६ हजार ४ सय ४८ मत ल्याएकी छन्। नेपाली कांग्रेसकी उम्मेदवार सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत ल्याइन्। उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा ढकालले ८ हजार ५ सय ७ मत ल्याएकी छन्।

पोखरा महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका थिए। महानगरपालिकाको ३३ वडामध्ये ११ वटामा नेपाली कांग्रेस र २२ वटामा नेकपा एमालेले वडा अध्यक्ष पद जितेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.