|

गोरखा : भूकम्पले पूरै बस्ती नै विस्थापित भएपछि अहिले लाप्राकबासीहरु रिन्जिलुङ डाँडामा अस्थायी टहरामा बस्दै आएका छन्। पुरानो गाउँमा दीर्घकालीन रुपमा बस्ती विस्तार गर्न नमिल्ने भूगर्भविद्हरुको रिपोर्टका आधारमा लाप्राकीबासीहरु सो डाँडामा सरेका हुन्। लाप्राकी गुप्सीपाखामा एनआरएनले घर बनाउने भएपछि गुप्सीपाखाबाट सो ठाउँमा सरेका हुन्।

भूकम्पले घरबारविहीन भएका लाप्राकीबासी अहिले विभिन्न आयमूलक काममा लाग्न थालेका छन्। गुप्सी पाखामा एनआरएनल दिएको करिब ६ सय लाप्राकबासीको काम त एकातिर छँदै छ अर्कातिर लाप्राकबासीहरु उद्यमीसमेत बन्न थालेका छन्। भूकम्पपीडितका लागि विभिन्न दातृ निकायको सहयोगमा तालिम लिई लाप्राकबासीले उद्यम सुरु गरेका हुन्। केहिले होटल सञ्चालन गरे, केहिले सिस्नु पाउडर बनाउने उद्योग सुरु गरे भने केहिले चाहिँ नेपाली कागज उत्पादन सुरु गरेका छन्।

केयर नेपालले स्वाँरा सघन गाउँविकास केन्द्रको सहयोगमा १५ जना लाप्राबासी महिलाहरुले उद्यम सुरु गरेका हुन्। एकल तथा विपन्न महिलाहरुले उद्यम सुरु गरेका हुन्। केयर नेपाल र स्वाँरा सघन गाउँ विकास केन्द्रको खाद्य सुरक्षा तथा जिविकोपार्जन कार्यक्रममार्फत महिलाहरुले नेपाली कागज उत्पादन सुरु गरेका हुन्। स्थानीय वनमा भएको लोक्ताको प्रयोग गरी महिलाहरुले नेपाली कागज उत्पादन सुरु गरेका हुन्।

‘लाप्राकको बनमा लोक्ता प्रशस्तै पाइने रहेछ’ स्वाँरा सघन गाउँविकास केन्द्रका कार्यकारी निर्देशक सीताराम श्रेष्ठले भने ‘यहाँ नेपाली कागज बनाउन जान्नेहरु पहिलेदेखि नै हुनुहुँदोरहेछ। उहाँहरुले मेसिनहरुको सहयोग माग्नुभयो  हामीले सहयोग गर्‍र्यौं। अहिले उत्पादन सुरु भएको हो। जंगलमा लोक्ताको संरक्षण र उत्पादन विस्तार पनि गाउँलेले गर्ने बताउनुभएको छ।’

केयर नेपाल र स्वाँरा सघनले उत्पादन भएको सामग्री सुकाउने मेसिन र फ्रेम सहयोग गरेको हो। तिनै संस्थाले गुणस्तरीय नेपाली कागज उत्पादन गर्न भोजपुरबाट प्रशिक्षक मिङ्मार शेर्पालाई झिकाएको केयर नेपालका खाद्यसुरक्षा थतथा  जिविकोपार्जन कार्यक्रम अधिकृत लेखनाथ अधिकारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.