|

दमक : झापाको दमकमा शुक्रबार बिहान एक वृद्धको नालीमा लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा दमक–९ स्थित चन्द्रमा चोकका ८५ वर्षीय मोतीप्रसाद अधिकारी रहेको प्रहरीले जनाएको छ।

उनी घर नजिकैको नालीमा लडेको अवस्थामा स्थानीयले फेला पारेका थिए। लडेर गम्भीर घाइते भएका उनको उपचारका लागि लाइफलाइन अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी राजन लिम्बूले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.