|

दमक : आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्र झापाले झापाको १५ स्थानीय तहमध्ये १३ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ। माओवादीले भर्खरै नगरपालिका घोषणा भएको बुद्धशान्ति नगरपालिका र बह्रदशी गाउँपालिका बाहेका सबै स्थानीय तहमा आफ्नो उम्मेदवार चयन गरेको हो।

माओवादी केन्द्रले झापाको सदरमुकाम रहेको पुरानो नगरपालिका भद्रपुर नगरपालिकामा शिवराज राजभण्डारीलाई प्रमुख र स्वर्णिका सिंहलाई उप्रमुख बनाउने निणर्य गरेको पार्टीका झापा झिल्ला निर्वाचन परिचालन समिति संयोजक झलकसिंह दर्लामीले बताए।

यस्तै बिर्तामोड नगरपालिकाको प्रमुखका लागि पार्टीले सिपी कडरिया र उपप्रमुखमा लक्ष्मी न्यौपाने (सरु) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। भारतीय सिमाना जोडिएको नगरपालिका मेचीनगर नगरपालिकाको प्रमुखमा पार्टीले हंसलाल राजवंशीलाई प्रमुख र इन्दिरा कार्की (आयुषा उपप्रमुख बनाउने निर्णय गरेको छ। यस्तै दमक नगरको प्रमुखमा रेवतराज पुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी तीन महिना अघिबाटै उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारप्रसारमा लागेका छन्। यस्तै उपप्रमुखमा शान्तिदेवी धिमाललाई पार्टीले अघि सारेको छ।

यसैगरी अर्जुनधारा नगरपालिकाको प्रमुखमा भूपेन्द्र न्यौपाने र उप्रमुखमा  अस्मिता तामाङलाई उम्मेदवार बनाउने भएको छ। यसैगरी कनकाई नगरपालिको प्रमुखमा  कृष्णप्रसाद घिमिरे र उपप्रमुखमा शान्ता अधिकारीलाई उम्मेदवार बनाउने माओवादीको निर्णय गरेको छ।

यसैगरी भर्खरै कमल नगरपालिकामा विमल संग्रौलालाई प्रमुख र गौरी राईलाई उपप्रमुख बनाउने पार्टीको निर्णय छ।  गौरादह नगरपालिकामा  पुष्प ढकाललाई प्रमुख र अर्पना राजवंशीलाई उपप्रमुख बनाउने निर्णय भएको पार्टी निकट स्रोतले जनाएको छ।

शिवसताक्षी नगरपालिकामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव महेन्द्र भट्टराईलाई प्रमुख र  कचाली ताजपुरियालाई उपप्रमुखको उम्मेदवार बनाइएको छ। त्यस्तै गाउँपालकाहरुमा गौरीगञ्ज गाउँपालिकामा विद्यानन्दसिंह राजवंशीलाई अध्यक्ष र कल्पना राईलाई उपाध्यक्षको उम्मेदवार बनाउने पार्टीले जनाएको छ। यस्तै कचनकवल गाउँपालिकाको अध्यक्षमा हंसनारायण राजवंशी र उपाध्यक्षमा ईश्वरीमाया गाइनेलाई उम्मेदवार बनाएको पार्टीले जनाएको छ।

 झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगाईं र उपाध्यक्षमा पबित्रा राजवंशीलाई उम्मेदवार बनाइएको पार्टीले जनाएको छ। हल्दिवारी गाउँपालिकाको अध्यक्षमा तुलसी ओलीलाई पार्टीले अघि सारेको छ भने उपाध्यक्ष टुंगो लाग्न बाँकी छ। उम्मेदवार टुंग्याउन बाँकी रहेको बुद्धशान्ति नगरपालिका र बह्रदशी गाउँपालिकामा पनि केही दिन भित्र उम्मेदवार टुंगो लागि सक्ने पार्टीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.