|

गुल्मी :  हुन त जेठ महिना लगनका लागि कमै जुर्ने समय हो तर, गायक रामचन्द्र चन्दले पञ्चे बाजामा कोसेली सार्वजनिक गरेका छन्। माया प्रेममा भए गरेका तीता मीठा प्रसंगलाई कथा वस्तुमा तयार पारिएको ‘यो मायाले बनायो विचल्ली’ पञ्चे बाजाको गीत सार्वजनिक गरेका छन्।

माया प्रेमका मीठो भावसँगै आफ्नो मायालाई भागेर अन्तै जाम भन्ने कथावस्तुमा गीत तयार गरिएको छ। दुई जोडी बीचको मायाको कहानी सबैतिर हल्लीखल्ली हुँदा भागेर अन्तै जाने गीतको मुख्य भाव रहेको छ।

पञ्चेबाजामा समावेश गरिएको गीतले भागेर भए पनि विहे गर्नुपर्छ भन्ने भाव राखेको छ। गाउँमा हल्लीखल्ली हुँदा मायामा बिचल्ली परेका शब्दभाव पनि गीतमा सुन्न सकिन्छ। आफ्नी मायालुलाई सुखसित राख्नेछु भागेर भए पनि जाम भन्ने कथावस्तु गीतमा रहेको गायक रामचन्द्र चन्दले बताए।

गीतको भिडियो भने हालै यूट्युब मार्फत सार्वजनिक गरिएको हो। गीतमा एक जोडीको माया प्रेमको हल्ला गाउँभरि हुन्छ अनि भागेर जाने सल्लाह हुन्छ।गायक रामचन्द्र चन्द र गायिका जमुना सनमको स्वर रहेको छ। शैली क्रियशनले बजार व्यवस्थापन गरेको गीतको लय शब्द गायिका सनमकै रहेको छ। गीतको म्युजिक भिडियोमा कृष्णजंग हमाल र मीना कर्कीको अभिनय रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.