|

लहान : प्रायः सधैं छिमेकीको जग्गामा मजदुरी गरेर जीविका चलाउने सप्तरीको सुरुङ्गा नगरपालिका ९ टिकुलियाका १४ घर परिवारको मुसहर बस्ती सामूहिक तरकारी खेतीमा जुटेको छ।

स्थानीयस्तरमा दिनाभद्री कृषक समूह गठन गरेर सामूहिक तरकारी खेती गर्न थालेपछि राम्रो आम्दानी भइरहेको उनीहरुले बताएका छन्। गाउँका कसैको खेतबारीमा साग टिप्न जाँदा पनि गालीगलौज सुन्न बाध्य स्थानीय मुसहरहरु आफ्नै तरकारी खेती भएपछि मौसम अनुसारको तरकारी उपयोगसँगै बिक्री गरेर आम्दानी गर्न पाएकोमा खुसी भएका हुन्।

‘अरुको खेतबारीमा मजदुरी गर्न जाँदा केही बेर सुस्तायो भने पनि गिरहतको गाली सुन्नुपथ्र्यो’ समूहकी सदस्य कोसिला सदायले भनिन्, ‘अहिले त आफ्नै तरकारी खेती भएपछि सजिलो भएको छ।’ ‘अहिले घरमा उपयोग गरेर बाँकी रहेको तरकारी बेच्ने पनि गर्छु’ उनले भनिन् ‘काम अनुसार ज्याला पनि पाउँदैनथ्यौं, अब त्योभन्दा राम्रो भएको छ।’

तरकारी खेतीको आम्दानीले छोराछोरीको पढाइ, घर खर्च पनि धान्ने गरेको स्थानीय ५५ वर्षीया बासोदेवी सदायले बताइन्। नियमित रुपमा मदिरा सेवन गर्नेहरुलाई पछिल्लो समयमा तरकारी खेतीको खेतीको चिन्ता बढिरहेको स्थानीय गाउँहरु बताउँछन्।

‘गाउँमा मदिराका अम्मलीहरुले त मदिरा सेवन गर्न पनि छोडिसके’ उनले भनिन् ‘सामूहिक तरकारी खेती गर्न थालेपछि गाउँमा अरुले पनि आफूहरुलाई सम्मान गर्न थालेका छन्।’ सामूहिक रुपमा उब्जाएको तरकारी छिमेकी गाउँमा लाग्ने साप्ताहिक हाट बजारमा बेच्ने गरेको उनले सुनाइन्।

सामूहिक तरकारी खेतीका लागि सेभ द चिल्डे«नको सहयोगमा सवल नेपालले स्थानीय मुसहरहरुलाई ३२ कठ्ठा जग्गा तीन वर्षका लागि ‘लिज’ उपलब्ध गराएपछि उनीहरु तरकारी खेतीमा जुटेका हुन्। बेमौसमी तरकारी खेतीका लागि उनीहरुलाई बीउ विजनसमेत सहयोग गरिरहेको सवल नेपालका फिल्ड अधिकृत नीर बहादुर आले मगरले बताए। ‘तरकारी खेतीका लागि प्राविधिकसहित कृषि सामग्री, खाद्य÷मल, तालिम लगायतका सहयोग गर्दै आएको फिल्ड अधिकृत मगरले सुनाए।

तरकारी खेतीमार्फत आयआर्जन गरी आत्मनिर्भर बनाउन मुसहर समुदायलाई सामूहिक तरकारी खेतीमा सहयोग गरिएको उनले सुनाए। अरुको खेतबारीमा काम गर्न जाँदा आफ्ना छोराछोरीलाई समयमा विद्यालय पठाउन र स्वस्थ्य तरकारी खुवाउन नसकेको सुनाएपछि तरकारी खेतीमा सहयोग गरेको सवल नेपालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.