|

बझाङ : नेपाल स्कुल अफ साइन्सेज (निस्ट) लैनचौर काठमाडौंले आफनो २५ औं रजत महोत्सवको अवसरमा बझाङमा श्री सत्यवादी माविलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको

निस्टले विद्यालयलाई कम्प्यूटर,माइक्रोस्कोप,भलिबल,वैज्ञानिकहरुका फोटा नक्सा लगायतका सामग्री हस्तान्तरण गरेको हो। बझाङका जिल्ला शिक्षा अधिकारी सुर्य बहादुर सिंह, नेपाल स्कुल अफ साइन्सेज (निस्ट) का प्राध्यापक डाक्टर माधव प्रशाद बराल लगायतले विद्यालयलाई सामाग्री हस्तान्तरण गरे। शैक्षिक हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरुले बझाङको भेषभुषा झल्काउने खालका विभिन्न सांस्कृतिक नृत्य प्रर्दशन गरेका छन्।

कार्यक्रममा निस्टका प्राचार्य डाक्टर माधवप्रसाद बरालले राजा जयपृथ्वी बहादुर सिंहले स्थापना गरेको विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्न पाउँदा आफु निकै खुसी भएको बताए। प्राप्त शैक्षिक सामग्री विद्यालय तथा विद्यार्थीको हितमा भएकाले सही सदुपयोग गरिने श्री सत्यवादी माविका प्राचार्य लाल बहादुर खड्काले जानकारी दिए ।

जिल्लाकै नमूना विद्यालयको रुपमा रहेको श्री सत्यवादी माविको स्थापना वि.स. १९९० मा बझाङ्गे राजा जयपृथ्वी बहादुर सिंहले गरेका हुन्। उनको भोपुर दरबारमा नै यो विद्यालयको भवन हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.