|

सुनसरी : १४ वटा स्थानीय तह रहेको सुनसरीमा पछिल्लो समय घोषणा भएको स्थानीय तह बाहेक सबै स्थानीय तहमा निर्वाचन अधिकृत खटिएका छन्।

दोस्रो चरणको निर्वाचन अन्तर्गत सुनसरीको १२ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटिएका हुन्। प्रत्येक स्थानीय तहमा निर्वाचन अधिृकतको कार्यालय स्थापना गरेर निर्वाचन अधिृकतहरुले काम सुरु गरिरहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सुचना अधिकारी शान्ति बहादुर अधिकारीले जानकारी दिए।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार इनरुवा नगरपालिकामा सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन प्रसाद कोइराला खटिएका छन् । यसैगरी धरान उपमहानगरपालिकामा जयप्रसाद महत र इटहरी उपमहानगरपालिकामा भरतमणी रिजाल तोकिएका छन्।

रामधुनी नगरपालिकामा तुवराज पोखरेल, दुहवी नगरपालिकामा मुनका न्यौपाने खटिएका छन् भने बराह नगरपालिकामा नगरपालिका कार्यालयका कार्यकारी अधिृकत इन्दरेश दाहाल निर्वाचन अधिकृत तोकिएको छ।

यसैगरी गाउँपालिका अन्तर्गत कोशीमा लोकबहादुर भण्डारी, गढीमा लक्ष्मण ढकाल, देवानगञ्जमा भीमप्रसाद गौतम, गर्जुमा नवराज आचार्य, बोक्राहमा पितम्बर गौतम र हरी नगरमा कमल बहादुर थापा निर्वाचन अधिकृत तोकिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सुचना अधिकारी शान्तिबहादुर अधिकारीले बताए।

उनका अनुसार सरकारले पछिल्लो समय थप गरेका २ गाउँपालिका लौकही र भुटामा भने निर्वाचन अधिकृत तोकिएको छैन्। यसैगरी सुनसरीले सबै स्थानीय तहको सम्पुर्ण मतदान स्थलमा मतदाता शिक्षा दिइरहेको जनाएको छ। चार लाख २१ हजार एक सय ५९ जना मतदाता रहेको सुनसरीमा १४ वटा स्थानीय तह छन्।

जिल्ला निर्वाचन अधिकारी जानकी कर्णका अनुसार चार सय ८५ जना मतदाता स्वम्‍सेवकले एक सय ६६ मतदान स्थलमा निर्वाचन सम्बन्धी शिक्षा दिइरहेका हुन्। हाल कायम रहेको १२ वटा स्थानीय तहमा १२४ वटा वडा छ। यहाँ ४ सय ८५ मतदान केन्द्र छन्।

दोस्रो चरणको निर्वाचनको लागि सुनसरीमा २ हजार ९ सय १० जना कर्मचारी खटिएको निर्वाचन अधिकारी कर्णले थाहाखबरलाई बताए। उनको अनुसार मतदान हुने दिन सुनसरीमा ९ सय ७० जना स्वम्सेवक खटिने भएका छन्।             

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.