|

दाङ : तुलसीपुर नगर जेसिसले आफ्नो वार्षिक कार्यक्रमका अवसरमा एक रिक्साचालकलाई सम्मान गरेको छ। २०५४ सालदेखि रिक्सा चलाई ३ छोरी र १ छोरालाई राम्रो शिक्षा दिने र  परिवारलाई व्यवस्थापन गर्न सफल व्यक्ति खेमलाल जैसीलाई तुलसीपुर नगर जेसिसले सम्मान गरेको हो।

यसैबिच जेसिस सप्ताह अन्तर्गत शनिबार १३ गते फुटबल प्रतियोगिता तुलसीपुरमा,१४ गते बालबालिकालाई शैक्षिक सामाग्री वितरण, १५ गते चमेरे गुफा जाने बाटो कालोपत्रे सम्बन्धी
अन्तरक्रिया, १६ गते ट्राफिक सचेतना,१७ गते वल्रड ग्रुप क्याम्प र जेठ २० गते समापन गरिने कार्यक्रम संयोजक कान्तुराम खनालले जानकारी दिए।

वार्षिक कार्यक्रमको उद्‍घाटन सत्रमा तुलसीपुर नगर जेसिसका अध्यक्ष विमलकुमार पौडेल, पत्रकार सुशील बस्नेत, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल,जेसीसका वरिष्ठ सल्लाहकार कुशल तर्ताल, त्रिभुवन नगर जेसिसका अध्यक्ष दीपक शर्मा,मानव अधिकारकर्मी निर्मल नेपाली, तुलसीपुर नगर जेसिसका पूर्व अध्यक्षहरु झरेन्द्र खरेल, सूर्यप्रकाश शर्मा,सदस्य दामोदर न्यौपाने लगायतले आ-आफ्नो धारणा राखेका थिए। उद्‍घाटन सत्रमा अधिकांश वक्ताहरुले देश विकासका लागि युवा जनशक्ति परिचालनमा जोड दिनुपर्ने धारणा राखे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.