|

जनकपुरधाम : एक सातादेखि काम काज ठप्प गरी आन्दोलनमा उत्रेका धनुषाका लेखापढी कानून व्यवसायी काममा फर्केका छन्। यसअघि धुनषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईले दुर्व्यवहार गरेक भन्दै उनीहरु आन्दोलनमा थिए।

प्रमुख जिल्ला अधिकारीसँग वार्ता भएपछि सहमति अनुरूप आन्दोलन फिर्ता गरेको लेखापढी तथा कानून व्यवसायी संघका इकाई सचिव शिवरंजन कर्णले जानकारी दिए।

गत साता धनुषाका प्रमुख जिल्ला अधिकारीले हातपात गरेको भन्दै नेपाल लेखा पढ़ी कानून व्यवसायी असोसिएशन इकाई समितिले काम काज ठप्प गर्दै आन्दोलन सुरु गरेको थियो।

बुधबार धनुषाका स्थानीय विकाश अधिकारीको अग्रसरतामा भएको वार्तामा प्रमुख जिल्ला अधिकारी दिलीप चापागाई, प्रशासकीय अधिकृत विपिन ठाकुर, दीपक कर्ण, कन्हैया मिश्रसहित आन्दोलनकारीको तर्फबाट लेखापढी इकाई समितिका अध्यक्ष रामशुन्दर यादव, भूतपुर्व अध्यक्ष लालमोहर यादव, सदस्य शिवकुमार यादव र शुरेश कुमार साह लगायकका ब्यक्ति उपस्थित थिए।

अब आइन्दा कतै कुनै सेवाग्राहीबाट गुनासो आए तत्काल प्रमुख जिल्ला अधिकारीमार्फत जानकारी गराई समस्या समाधान गर्ने गराउने गरी सहमति भएको सचिव शिवरंजनले संचारकर्मीलाई जानकारी गराएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.