|

काभ्रे : पाँचखाल नगरपालिका वडा नं. ९ मा शुक्रवार दिउँसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डिएसपी नविनराज राईका अनुसार दिउँसो ४ बजे तिर आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर वर्ष ३५ की रमा भेटवालको मृत्यु भएको हो। मृतकको लास अहिले धुलिखेल अस्पतालमा राखिएको राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.