|

रुकुम : आठबिसकोट नगरपालिकाको पहिलो नगर अधिवेशनले नगरपालिकाको कार्यालय राडिज्युलामा राख्ने सर्वसम्मत निर्णय गरेको छ। नगरपालिकाको वडा नं ९ राडीज्युला स्वास्थ्य चौकिको हलमा नगर सभाको प्रथम अधिवेशन सञ्चालन भएको थियो।

नवनिर्वाचित नगरप्रमुख गोर्ख बहादुर केसीको अध्यक्षमा भएको उत्साहका साथ शान्तिपुर्ण रुपमा निर्वाचनमा सहभागी भइ मतदान गर्ने सबै मतदातालाई धन्यवाद दिएको छ। निर्वाचन सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण सरोकारवाला निकायहरुलाई पनि धन्यवाद दिइएको छ।

१४ वटै वडाहरुमा यही जेठ मसान्तभित्र वडा कार्यालयहरु स्थापना गर्ने र असार १ गते बाट कार्य सञ्चालन गर्ने निर्णय अधिवेशनले गरेको छ।

नेपालको संविधान २०७२ ले उल्लेख गरेका सम्पुर्ण कार्यकारिणी अधिकारहरु र सोही संविधानको अनुसुची ८ र ९ मा उल्लेख भएका अधिकारहरुमध्ये संविधानको धारा ५७ को ४ अनुसार कानुन बनाउनु पर्ने अवस्था र धारा २२७ अनुसार कार्यविधि बनाउनु पर्ने अवस्था बाहेक सामान्य ढंगले प्रयोग गर्न सकिने अन्य अधिकारहरु नगर सभाको अधिवेशन चालू नरहेको अवस्थामा नगर कार्यकारिणीले प्रयोग गर्न पाउने गरि अख्तियारी प्रदान गर्ने निर्णय गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.