|

कञ्चनपुर : स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएको छ। नौ स्थानीय तह रहेको कञ्चनपुरमा केन्द्रले सात तहका उम्मेदवारको टुङ्गोे लगाएको हो। 

केन्द्रले भीमदत्त नगरपालिका प्रमुखमा गोपाल रसाइली, वेदकोट नगरपालिका प्रमुखमा मीनराज गिरी, शुक्लाफाँटा नगरपालिका प्रमुखमा लोकेन्द्र ऐरी, पुनर्बास नगरपालिका प्रमुखमा वीरबहादुर थापा, कृष्णपुर नगरपालिका प्रमुखमा जोगराम चौधरीको नाम तय गरेको छ। लालझाडी गाउँपालिका अध्यक्षमा मदनसिंह वडायकलाई उम्मेदवार बनाइएको छ । 

महाकाली र बेलौरी नगरपालिका तथा बेलडाँडी गाउँपालिकाका उम्मेदवारको टुङ्गो दुई दिनभित्र लगाउने केन्द्रका केन्द्रीय सदस्य गोपाल रसाइलीले बताए। प्रमुख–उपप्रमुखको टुङ्गो लागेका स्थानीय तहमा वडाध्यक्ष र सदस्यसमेत छनोट गरिएको उनले जानकारी दिए। उम्मेदवारको टुङ्गो लागेका गाउँपालिका र नगरपालिकामा केन्द्रले घरदैलो कार्यक्रमसमेत सुरु गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.