|

लहान  : सिरहाको दक्षिणवर्ती सखुवा नन्कारकट्टी गाउँपालिका ४ स्थित भित्री सडकखण्डमा शुक्रबार साँझ ट्रयाक्टरले किचेर एक मजदुरको मृत्यु भएको छ। लहान ठाडी सडक खण्डको खैरबोना चोकबाट बालुवा बोकेर सिम्राहातर्फ जाँदै गरेको स. १ त २६४६ नम्बरको ट्रयाक्टरबाट खसेका स्थानीय १६ वर्षीय दीपेन्द्र

मण्डललाई किचेपछि घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेशबारीका प्रहरी नायव निरीक्षक रामकृष्ण चौधरीले जानकारी दिए। मण्डलको ट्रयाक्टरबाट खसेर घटनास्थलमै मृत्यु भएपछि फरार भएका ट्रयाक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

चट्याङ्ले मृत्यु

यसैबीच, सप्तरीको सुरुङ्गा नगारपलिका ४ वीरनगरमा शुक्रबार चट्याङ् लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २५ वर्षीया रविना चौधरी रहेको इलाका प्रहरी कार्यालय कडोरवानाले जनाएको छ। आँपको बगैंचामा आँप कुर्न टहरोमा बसिरहेकी चौधरीलाई शुक्रबार अपराह्न वर्षासँगै परेको चट्याङ् लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद यादवले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.