|

दाङ : असाह्‍य बालबालिकाहरुको सहयोगका लागि तुलसीपुरमा दाङ फेमिनाका युवतीहरुले सहयोग संकलनका लागि चटपटे अभियान सुरु गरेका छन्। दाङ फेमिना १६ देखि २५ उमेर समूहका १८ सय विवाहित र अविवाहित युवतीहरुको फेसबुक पेज सँगसँगै महिला सशक्तीकरण र समाज परिवर्तनमा विश्वास गर्ने एउटा दृढ संकल्प हो।

शुक्रबार तुलसीपुरको वीरेन्द्र चोकमा दाङ फेमिना ग्रुपको चटपटे स्टल र दानपेटिका लिएर यिनै युवतीहरुको समूहले चटपटे बेचिरहेका थिए अनि बाटो हिँडने बटुवाहरुलाई चटपटे खाएर केही रकम सहयोग गर्न आग्रह गरिरहेका थिए।

उनीहरुले पैदल यात्री र आपूmले चिनेका शुभेच्छुकहरुसँग बिपी चोकमा बोलाएर सहयोग गर्न लगाएका थिए। पैदल हिँडने प्रायहरुले मन फुकाएर सहयोग गरेका छन्। उनीहरुले सामाजिक अभियानमा हाम्रो पनि सहयोग हुने भन्दै ५ रुपैयाँदेखि एक हजारसम्म आर्थिक सहयोग गरेको दाङ फेमिनाकि स्मृति केसीले बताइन्। हाल यस फेसबुक पेजका पाँच जना दिदीवहिनीहरु एडमिन र मोडिटर छन्।

केही दिन अघि उनीहरुले वृद्धाआश्रममा बस्ने आमाबुबाहरुलाई एक छाक खानाको व्यवस्था गर्ने सोच अन्तत सफल भएपछि रामअली चौधरी नाम गरेका एकजना मानसिक सन्तुलन गुमाएका स्थानीय व्यक्तिलाई आर्थिक सहयोग

गर्न पाउँदा थप सामाजिक काम गर्ने ऊर्जा थपिएको एडमिन संगीता ढकालले जानकारी दिइन्। उनीहरुले अब संकलन गरिएको सहयोग रकम दाङको विजौरीस्थित अनाथ बालबालिकाहरुलाई दिइने एडमिन ढकालले  बताइन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.